आङछिरिङ शेर्पाको सम्झनामा रक्तदान
काठमाडौं । यती समूहका संस्थापक प्रवन्ध निर्देशक स्वर्गीय आङ छिरिङ शेर्पाको सम्झनामायती समूहका कर्मचारीहरुले रक्तदान गरेका छन् । शेर्पाको पहिलो वार्षिक पुण्यतिथिमा यती एअरलाइन्सले केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
नेपालमा वायुसेवा विस्तार र प्रवद्र्धनमा शेर्पाको नाम अग्रसूचीमा आउँदछ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाको गत वर्ष ताप्लेजुङ्ग हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा आङछिरिङ शेर्पासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको निधन भएको थियो।
शेर्पाको सम्झनामा रक्तदान गर्नुपूर्व१ मिनेट मौनधारण गरिएको थियो । सोपश्चात् खादा र पुष्पगुच्छा चढाई सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए । यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राई, उपप्रबन्ध निर्देशक नोर्बु छिरिङ शेर्पा, श्रुजना श्रेष्ठ शेर्पा लगायत १७९ जना कर्मचारीहरुले समेत रक्तदान गरी स्व.शेर्पाको स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?