शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिश्रविरुद्ध बाँस्कोटाद्वारा अदालतमा मुद्दा दायर

शुक्रबार, १६ फागुन २०७६, १५ : ३८
शुक्रबार, १६ फागुन २०७६

काठमाडौँ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ जिल्ला अदालतमा न्याय माग गर्दै मुद्दा दायर गरेका छन् । शुक्रबार उनले आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको डिल भएको भनिएको ‘अडियो टेप’ सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् ।

मिश्रले नै गत साता बुधबार बाँस्कोटासँग वार्तालाप भएको अडियो टेप सार्वजनिक गरेका थिए । उक्त टेप सार्वजनिक भएको भोलिपल्टै अर्थात गत साता बिहीबार बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् । प्रधानमन्त्री ओली स्वयम्ले बिहीबार राजधानीमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै बाँस्कोटाको बचाउ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप