शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट फतुुवा विजयपुरको तेस्रो नगरसभा फागुण २२ गते हुँदै

शुक्रबार, १६ फागुन २०७६, १४ : ५६
शुक्रबार, १६ फागुन २०७६

रौतहट । लामो समयदेखि बिवादको कारण अडकिएको फतुवा बिजयपुरको तेस्रो नगरसभा अगामी २२ गते बिहिवार हुने भएको छ । नगरपालिकामा हालै आएका प्रशासकीय अधिकृत सुुरेन्द्र प्रधानको विशेष पहलमा बिहिवार नगर कार्यपालिकाको बोर्डको बैठक बसी यही फागुन २२ गते बिहिवार तेस्रो नगरसभा हुने निर्णय गरेको हो ।

भागबण्डाको बिषय लिएर दुुई–दुुई पटक स्थगित नगरसभा नगरप्रमुख गोपालप्रसाद यादव र उपप्रमुख कान्तिदेवी महतो पक्षलाई उचित विकासको बजेट बिनियोजनसहित तेस्रो नगरसभा हुुन लागेको अधिकृत प्रधानले बताए  । गत अषाढ मसान्तमा हुनुुपर्ने नगरसभा हालसम्म नहुुँदा नगरपालिकाको सम्पूर्ण विकास निर्माणको काम ठप्प भएको छ ।

त्यतिमात्र नभई नगरपालिकाको रकम निकासा नहुुँदा नगरक्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थीहरुको लागि सञ्चालन भएको दिवाखाजा कार्यक्रम प्रभावित भएको छ । फतुवा बिजयपुर नगरपालिका अन्तर्गतका २९ वटा विद्यालय, एक मदर्सा, ५ स्वास्थ कार्यालय, कृषि कर्मचारी, करारका कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाउन सकेका छैनन् । कर्मचारीको तलबवापत चार करोड बढि बक्यौता रहेको नगर शिक्षा संयोजक बुनिलाल यादवले बताए ।

गत पुस ११ गते मेयर गोपाल यादवको अगुुवाईमा भएको तेस्रो नगरसभा उपमेयर कान्ति महताको लिखित उजुुरीपछि उच्च अदालत हाल वीरगञ्जले बदर गरेको थियो । त्यसैगरी गत फागुन १० गते हुने भनिएको तेस्रो नगरसभा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबैध भनी बदर गरेको थियो ।

बिगतमा फतुवा बिजयपुरको प्रशासकीय अधिकृतका रुपमा आउने नायव सुुब्बाहरु कोही मेयरतर्फ कोही उपमेयरतर्फ हुनेगरेका कारण नगरपालिकामा ठुलो विवाद हुुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप