घुस लिइरहेको अवस्थामा वडासचिव पक्राउ
शुक्रबार, १६ फागुन २०७६, १४ : ०१
धनुषा । जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।
वडासचिव ठाकुरलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दुए । घुससहित पक्राउ परेका ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा