‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाको जोडी
शुक्रबार, १६ फागुन २०७६, १३ : १४
काठमाडौं । झरना थापाको निर्देशन रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायाँकन सुरु भएको छ । शुक्रबार काठमाडौंको कार्यविनायक मन्दिरमा पूजा गर्र्दै फिल्मको छायाँकन सुरु गरिएको हो । कार्यक्रममा कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा लगायत फिल्मका प्राविधिकहरुको समेत उपस्थिति रहेको थियो ।
फिल्मको छायाँकन काठमाडौं, ललितपुर र पोखरमा हुनेछ । प्रेमकथामा बन्न लागेको फिल्म आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माण युनिटको रहेको छ । अनमोल र सुहानाले यस अगाडि ‘ए मेरो हजुर ३’ अभिनय गरेका थिए । जुन फिल्मले लगानी उठाउन सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’