शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘धुलो’ को सिङ्गल रिलिज

शुक्रबार, १६ फागुन २०७६, ११ : ४९
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘धुलो’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।

सिङ्गल रिलिजको अवसर पाएको यो फिल्मले देशभरका चलचित्र घर भने सबै पाएको छैन । अघिल्लो साताबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ र ‘सेन्टिभाइरस’ले पनि केही चलचित्रघर अझै ओगटेका छन् ।

‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको  अभिनय रहेको फिल्म हो ।

काठमाडौँको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण भएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् ।

फिल्ममा ‘चार सय चालिसको बिजुली’ वोलको आइटम गीत समेत रहेको छ । जसमा अभिनेत्री दीपाशा बिसी हट अवतारमा प्रस्तुत भएकी छिन् । दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप