आफूभन्दा १० वर्ष जेठी पत्नी प्रियंकाको उमेरलाई लिएर निकले गरे यस्तो खुलासा
![आफूभन्दा १० वर्ष जेठी पत्नी प्रियंकाको उमेरलाई लिएर निकले गरे यस्तो खुलासा](https://rpcdn.ratopati.com/media/albums/priyanka_nick_WAS5zseKWv.jpg)
बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । उनीहरुको विवाहपछि सामाजिक सञ्जालमा निक र प्रियंकाको निकै चर्चा समेत भयो । उनीहरुको जोडीलाई धेरैले मन पनि पराए ।
तर यो जोडी ट्रोलमा पनि उत्तिकै छायो । प्रियंकाभन्दा १० वर्ष कान्छा निक उमेरकै कारणले समय सयममा चर्चामा आइरहन्छन् ।
प्रियंका अहिले ३७ वर्षकी भइसकेकी छिन् भने निक २७ वर्षका मात्र भएका छन् । उनीहरुलाई समय सयममा उमेरको विषयलाई लिएर उनीहरुमाथि प्रश्न उठ्ने गर्छ ।
पछिल्लो समय एउटा रियालिटी शोमा निर्णायकको भूमिकामा रहेका निकलाई एकजनाले उनीहरुको उमेरलाई लिएर एक जनाले प्रश्न गरेका छन् ।
निकले आफूलाई आफ्नी पत्नीको उमेरले केही फरक नपार्ने बताएका छन् । निकले भने, ‘म २७ वर्षको भएँ । मेरी श्रीमती ३७ वर्षकी भइन् ।’ उनले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर
-
एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली
-
मल वितरण प्रणाली निर्देशिका संशोधन कार्य अन्तिम चरणमा
-
फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक