बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा श्रम इजाजत लिनेमा ७० प्रतिशत चिनियाँ

शुक्रबार, १६ फागुन २०७६, ०८ : ५२
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका अनुसार चालू आवको पहिलो ६ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ५७१ जनाले श्रम इजाजत नवीकरण गराएका छन् । 
जसको झण्डै ७० प्रतिशत निचियाँ नागरिक रहेको विभागले जनाएको छ । 

आजको गोरखापत्र लेख्छ–चालू आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम इजाजत र श्रम इजाजत नवीकरण गरेका १ हजार १९७ जनामध्ये १९३ महिला छन् । सो अवधिमा नयाँ श्रम इजाजत लिने महिलाको संख्या ९९ छ भने इजाजत नवीकरण गर्ने महिलाको संख्या ९४ रहेको विभागले जनाएको छ । नेपालमा काम गर्ने भारतीय नागरिकको संख्या निकै ठूलो भएपनि सबै भारतीयले श्रम इजाजत लिने नगरेको समाचारमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप