चीनले आफ्नो सैन्य विमानमाथि लेजर प्रहार गरेको अमेरिकाको आरोप
चीनको सैन्य युद्धपोतबाट आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि सैन्य ग्रेडको लेजर प्रहार भएको अमेरिकी जलसेनाले बिहीबार एक वक्तव्य जारी गर्दै आरोप लगाएको छ । गत हप्ता भएको यस घटनालाई अमेरिकी जलसेनाले ‘असुरक्षीत र अव्यवसायिक’ भएको संज्ञा दिएको छ ।
‘जनगणतन्त्र चीनको नेभी डिस्ट्रोयरको हर्कत असुरक्षीत र अव्यवसायिक थियो,’ अमेरिकी जल सेनाले बिहीबार आफ्नो वक्तव्यमा भनेको छ । ‘सैन्य ग्रेडको लेजरले चालक दल र विमान र विमानको सिस्टममा असर पु¥याउन सक्छ,’ विज्ञप्तिमा थप भनिएको छ ।
ड्याजलर्स भनेर चिनिने सैन्य ग्रेडको लेजर बिमले शक्तिशाली प्रकाशको सृजना गर्छ जुन लामो दुरीसम्म यात्रा गर्न सक्छ । यसले विमानको ककपिटलाई उज्यालो बनाएर पाइलटलाई केही बेर ‘दृष्टिविहीन’ बनाइदिन सक्छ ।
यस विषयमा अमेरिकाले औपचारिक कुटनीतिक विरोध ‘डिमार्के’ पनि जारी हुन सक्ने रक्षा मन्त्रालय स्रोतले सीएनएनलाई जनाएको छ ।
सन् २०१८ मा जिवुटीमा अमेरिकी सी–१३०जे विमानमा यस्तै घटना हुँदा पनि अमेरिकाले कुटनीतिक विरोध जनाएको थियो ।
साउथ चाइना सीमा अमेरिका र चीनबीच लामो समयदेखि तनाव चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन
-
भारतको सहयोगमा दार्चुलामा बन्न लागेको विद्यालय भवनको शिलान्यास
-
जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन
-
छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ
-
विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला
-
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे