आजको मौसम, अपराह्नपछि वर्षाको सम्भावना
शुक्रबार, १६ फागुन २०७६, ०७ : ४९
मौसम पूर्वानुमान महाशाखाले आज देशका कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । शुक्रबार महाशाखाले पूर्वानुमान जारी गर्दै आजको मौसमको जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
राति देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?