करोडौँको इँटा क्षति भएको भन्दै सरकारसँग कर छुट माग
सप्तरी । वर्षातको कारण सप्तरी जिल्लामा ५ करोड रुपैयाँ भन्दा बढीको इँट्टा क्षतिग्रस्त भएको इँट्टा उद्योग व्यवसायी संघ सप्तरीले जनाएको छ । बिहिबार राजविराजमा इँट्टा उद्योग व्यवसायी संघको आयोजनामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष दुर्गानन्द साहले बेमौसमी वर्षातको कारणले यस वर्ष ५ करोड रुपैयाँ बराबरको इँट्टामा क्षति भएकोे जानकारी दिए ।
अध्यक्ष साहले चालू आर्थिक वर्षमा भएको ५ पटकको वर्षाका कारण ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको इँट्टामा क्षति भएको स्पष्ट पारे ।कच्चा इँट्टाहरु तयार पारेर पाक्नका लागि इँट्टाभट्टामा राखिएका बेला परेको वर्षाको कारण करोडौँ मूल्य बराबरको इँटा क्षति भएको भन्दै राज्यसँग सो बराबरको नोक्सानीलाई मध्यनजर गर्दै राज्यले लिइँदै आएको कर छुट गरिदिन अध्यक्ष साहले आग्रह गरे ।
कोइलाको अभाव र चर्काे करका कारण इँट्टा उद्योगको अवस्था जर्जर बन्दै गएको भन्दै अध्यक्ष साहले नेपाल सरकारले भारतबाट कोइला ल्याउन रोक लगाएपछि विदेशबाट कोइला मगाउन महँगो सँगै झन्झटिलो भएकाले अधिकांश इँट्टा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताए ।
एक उद्योग सञ्चालनका लागि ६ सय देखि १ हजार टन कोइलाको आवश्यकता पर्ने बताउँदै इण्डोनेसिया, अमेरिकावाट कोइला मगाउन धेरै समय लाग्ने र भारतीय कोइला गुणस्तरीय नभएको अध्यक्ष साहको भनाई छ ।
वर्षातका कारण तथा कोइला अभावले गर्दा इँट्टाभट्टामा भएको क्षतिले हाल इँट्टाको मूल्यमा समेत वृद्धि भएको छ । प्रति इँट्टाको रु १४ रूपैयाबाट २ रूपैया थप बृद्विपछि प्रति इँट्टा १६ रूपैयाँ पु¥याउनुपरेको अध्यक्ष साहले जानकारी गराए । सप्तरी जिल्लामा ७२ वटा इँट्टा उद्योग दत्र्तामा रहेपनि अहिले ४२ इँट्टा भट्टा सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा