केन्द्रीय संस्करण

६ जनालाई नइ पुरस्कार दिने घोषणा

person explore access_timeफागुन १५, २०७६ chat_bubble_outline0

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका ६ व्यक्तिहरूलाई २०७६ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।   यी दुवै पुरस्कारका राशि जनही साठी हजार  रहेका छन् ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्ग रहेर पनि नेपाली भाषा साहित्यमा सदैव समर्पित महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ । यी तीनै पुरस्कारका राशि जनही पचास हजार रुपैयाँ रहेका छन् ।

मिस मङ्गोल सुश्री सिविरा लामालाई पच्चीस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उनीबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाई जानकारी दिएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...