बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मगरलाई प्रयोगका पात्र मात्र बनाइयो: मुख्यमन्त्री राउत

बिहीबार, १५ फागुन २०७६, २२ : २८
बिहीबार, १५ फागुन २०७६

रौतहट । मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताएका छन्  । नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तनको अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागि सङ्घर्ष गर्ने अवस्था रहनु दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले भने, ‘पृथ्वीनारायण शाहको राज्य विस्तार होस् वा राणाविरुद्धको आन्दोलन वा माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रह्यो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरिरहे, यो अन्यायपूर्ण हो ।’ मुख्यमन्त्री राउतले पहिचानको लागि विभेद्मा रहेका मधेशी, आदिवासी जनजाति, दलित, महिला मुस्लिमलाई एक हुनु विकल्प नरहेको बताए । अहिलेको शासन सत्ता सञ्चालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उनले पहिचानको लागि पुनःआन्दोलन गर्नुपर्ने बताए ।

पहिचानको आधारमा गठन भएको प्रदेश २ को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ को नामकरण पहिचानकै आधार मधेश प्रदेश हुने दाबी गरे । मगर सङ्घका प्रदेश अध्यक्ष यमबहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद् रामकुमार भट्टराई, मगर सङ्घका इन्चार्ज लेखराज मगरलगायतका वक्ताहरुले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप