पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनायो
धनुषा । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई सम्पन्न भएसँगै पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साहविरुद्ध भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना तथा सोही बराबरको बिगो जफत हुने फैसला सुनाइएको हो ।
विशेष अदालतमा न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज (बिहीबार)अन्तिम सुनुवाइ सम्पन्न भएको हो । पूर्वराज्यमन्त्री साहविरुद्ध अख्तियारले साढे ३१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
धनुषा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद समेत रहेका साहले राज्यमन्त्री पदको व्यापक दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अभियोगमा २०७३ पुस २५ गते अख्तियार र २०७४ साल चैत १६ गते सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी