सातदोवाटो र श्रीभगवती विजयी
काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बिहिबार सातदोबाटो युथ क्लब र श्रीभगवती क्लब विजयी भएका छन् । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा सातदोवाटोले टुसाल युथ क्लबलाई १–० गोलले हरायो ।
सातदोबाटोको जितमा रमेश कुमार राजवंशीले ३८औं मिनेटमा निर्णायक गोल गरेका थिए । लिगमा सातदोवाटोको यो दोस्रो जित हो । जितसँगै सातदोवाटोले ६ अंक बनाएको छ । टुसालको तीन अंक छ । अर्को खेलमा श्रीभगवतीले मध्यपुर युथ एसोसिएसनलाई २–० गोलले हरायो । श्रीभगवतीलाई जिताउन प्रज्वल थापामगरले ४४औं र युवराज ढकालले ७२औं मिनेटमा गोल गरेका थिए । पहिलो जित निकालेको श्रीभगवतीले तीन अंक बनाएको छ । लगातार दोस्रो हार खेपेको मध्यपुर अंकविहिन छ ।
चैत २३ गतेसम्म चल्ने लिगमा ‘बी’ डिभिजनका १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक एन्फाले जनाएको छ । लिगको विजेता टोली ‘ए’ डिभिजनमा बढुवा पनि हुनेछ । पुछारको एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)