शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार आरोपी घले राज्यमन्त्रीका आर्थिक सल्लाहकार नभएको दाबी

बिहीबार, १५ फागुन २०७६, २० : ४०
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं अमृतकुमार घले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आर्थिक सल्लाहकार नभएको जानकारी दिएको छ ।

विहीबार परिसरका प्रवक्ता होविन्द्र वोगटीद्वारा जारी प्रेस विज्ञप्तिमा घले  मानन्धरको सल्लाहकार नभएको मन्त्रालयबाट जानकारी प्राप्त भएको उल्लखे छ ।

‘विभिन्न सञ्चार माध्यममा यस कार्यालयमा अनुसन्धानको क्रममा रहेका अमृत कुमार घले शहरी विकास राज्यमन्त्रीको आर्थिक सल्लाहकार भनि प्रकाशित समाचार यस कार्यालयबाट सम्प्रेषण नभएको र निज आर्थिक तथा कुनै पनि सल्लाहकार नभएको जानकारी समेत मन्त्रालयबाट प्राप्त भएको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

५२ वर्षीय घले १७ वर्षीया किशोरीलाई लिफ्ट दिने नाममा ४ दिन बन्धक बनाएर बलात्कार गरेको आरोपमा फागुन १ गते प्रहरीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप