बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्र ढकालको अर्को केवलकारलाई सञ्चालन अनुमति

बिहीबार, १५ फागुन २०७६, १८ : ५५
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सरकारले मौलाकाली केवलकार बनाउनको लागि अनुमति दिएको छ । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण गर्ने भनिएको उक्त केवलकार निर्माणका लागि मन्त्रिपरिषद बैठकले अनुमति  दिने निर्णय गरेको हो ।

सरकारले मौलाकाली केवलकार आयोजनाको टावर बनाउनको लागि सामुदायिक बन र मौलाकाली धार्मिक बन समेत गरेर कुल जम्मा २.८२ हेक्टर जग्गा प्रयोग गर्न दिने अनुमति दिएको छ । आइएमई समुहको लगानीमा निर्माण हुन लागेको उक्त केवलकार सो समुहले गर्न लागेको दोस्रो परियोजना हो । बनक्षेत्र प्रयोग गर्न नदिने सरकारको निर्णयले गर्दा परियोजनाको काम अघि बढ्न सकेको थिएन ।

यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ । गैडाकोट नगरपालिका स्टेसन भएर मौलाकालिकामा निर्माण हुने केबलकार निजी क्षेत्रको आयोजनामा स्थानीय सहभागिताको नमुना हुने गरेर बनाउने प्रतिबद्धता ढकालले गर्दै छन्। यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप