नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस, एक नम्बरमा लम्साल
बिहीबार, १५ फागुन २०७६, १८ : ५०
काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको एआईजी पदमा तीन जनाको बढुवा सिफारिस भएको छ । गृह मन्त्रालयले रिक्त रहेको पदमा डीआईजीत्रस तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो ।
मन्त्रालयका अनुसार लम्साल एक नम्बर, थापा दुई नम्बर र हरि पाल तेस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन् ।
नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सूर्य उपाध्याय प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि प्रतिस्पर्धामा रहेका थिए ।
लम्साल हालका आइजीपी ठाकुर ज्ञवालीका ब्याची हुन् । डिआइजीहरु कार्की, शाही र उपाध्याय पनि एआइजीको दावेदार भएपनि उनीहरु छुट्न पुगेका छन् ।
अबको ५ महिनापछि हाल बढुवा सिफारिस भएका मध्येबाटै एक जना आईजीपी बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ