शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : दैनिक १ सय ५० सेवाग्राहीले लिन्छन् श्रम स्वीकृति

बिहीबार, १५ फागुन २०७६, १८ : ३३
बिहीबार, १५ फागुन २०७६

जनकपुर । वैदेशिक रोजगारीमा जानका लागि प्रदेश नम्बर २ मा श्रम स्वीकृति गराउनेहरुको संख्या वृद्धि भएको छ ।  श्रम स्वीकृत गराउनेमा सबैभन्दा बढी धनुषाका युवाहरु रहेका छन् । 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको श्रम तथा रोजगार कार्यालयबाट यस आर्थिक बर्षको फागुन १४ सम्म ११ हजार जनाले श्रम स्वीकृति लिएका छन् । 

२०७५ पुस १५ गते स्थापना भएको श्रम तथा रोजगार कार्यालयबाट सहज रुपमा सेवाग्राहीहरुले श्रम स्वीकृति लिइरहेको प्रमुख सुबोध कुमार महतोले जानकारी दिए । 

मुलुक संघीयतामा गएसंगै प्रदेशस्तरमा श्रम तथा रोजगार कार्यालयको स्थापना हुँदा सेवा लिन सहज भएको सेवाग्राहीहरुको भनाइ छ ।

सुरुमा विचौलियाहरुको बढी बिगबिगी रहेपनि अहिले यस्तो कार्यलाई निरुत्साहित गरिएको बताइएको छ । 

महतोका अनुसार श्रम स्वीकृत लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन्  धनुषाबाट ५ हजार भन्दा बढी युवाहरुले श्रम स्वीकृति लिएको उनले जनाए । महतोले दैनिक १ सय ५० हाराहारीका सेवाग्राहीले कार्यालयबाट श्रम स्वीकृति पाउने गरेको पनि बताए ।

अहिले यस कार्यालयमा शाखा अधिकृत २, नायव सुब्बा ३, कम्प्यूटर अपरेटर १, भाषा अनुवादक १ र कार्यालय सहयोगी ३ गरी जम्मा १० जना कर्मचारी कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप