नयाँदिल्लीका हिंसा पीडित परिवारलाई राहत उपलव्ध गराउने केजरीवालको निर्णय
नयाँदिल्ली । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसापीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । उपमुख्यमन्त्री मनिश सिसोदिया, मन्त्री कैलाश गहलोट र बरिष्ठ अधिकारीहरु सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तनलालको परिवारलाई एक करोड भारतीय रुपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसकेका छन् । रत्तनलालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु–मुस्लिम दङ्गाका क्रममा ज्यान गएको थियो ।
बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुबैले हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीको भ्रमण गरेका थिए । उनीहरुले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए । दिल्ली हिंसाका क्रममा प्रहरी सहित कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै झण्डै २०० जना घाइते भएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी