गोकुल बाँस्कोटा एक्लैले ७० करोड भ्रष्टाचार गर्ने आँट गर्न सक्दैनन्ः नेता केसी
बिहीबार, १५ फागुन २०७६, १८ : ०२
नुवाकोट । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले गोकुल बाँस्कोटा एक्लैले मात्र ७० करोड भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने बताएका छन् ।
बिहीबार गृहजिल्ला नुवाकोटको एक कार्यक्रममा बोल्दै नेता केसीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले मागेको ७० करोड घुसमा प्रधानमन्त्रीदेखि केही मन्त्रीहरुको समेत संलग्नता हुने सक्ने आशंका गरे ।
नेता केसीले झूट र भ्रमको आश्वासन बाँँडेर नेकपाले बहुमत ल्याएपनि अहिले उसको असलियत छताछुल्ल भएको बताए ।
देशमा जताततै बलात्कार, हत्या,हिसां, आतंक र भ्रष्टाचारले प्रशय पाएको दावी गर्दै नेता केसीले यसले जनतामा चरम निराशा बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो