शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकसँग घुस माग्ने हेडमास्टर अख्तियारको फन्दामा

बिहीबार, १५ फागुन २०७६, १७ : ५०
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंह ३० हजार घुससहित पक्राउ परेका छन् । 

 विद्यालयका शिक्षकको तलब उपलब्ध गराउने प्रयोजनका लागि शिक्षकसँगै घुस मागेको उजुरीको आधारमा सुर्खेतबाट खटिएको अख्तियार टोलीले उनलाई घुस लिइसकेको अवस्था नियन्त्रणमा लिएको हो । 

 सिंहलाई नौमुले गाउँपालिका वडा नम्बर १ स्थित एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप