बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सम्झिए स्व. रवीन्द्र अधिकारी...

बिहीबार, १५ फागुन २०७६, १७ : ००
बिहीबार, १५ फागुन २०७६

पोखरा । हेलिकप्टर दुर्घटनमा परि दिवंगत बनेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पहिलो स्मृति दिवस । ‘रवीन्द्र स्मृति प्रष्ठिान’द्वारा पोखरामा स्मृति समारोहको आयोजना गरिएको थियो । 

समारोहमा स्वर्गीय रवीन्द्रका नजिकका मित्र तथा नेपाल सरकारका नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उनकी धर्म पत्नी विद्या भट्टराई लगायत रवीन्द्रलाई माया गर्ने शुभेच्छुकहरुको उपस्थिति थियो । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि उक्त समारोहमा उपस्थित हुने कार्यतालिक यस अघि नै तय भई सकेको थियो । 
तर, व्यस्त समयको कारण उनी उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्स मार्फत स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झिए । 

प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समा राखेको भनाईको सम्पादित अंश :
आजकै दिन फागुन १५ मा हामीले रवीन्द्र अधिकारीलाई गुमाएका थियौं । अत्यन्तै मृदुभाषी, मिलनसार, योग्य, सक्षम र जनताको प्रिय नेता रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँको परिवारलाई पनि श्रद्धाञ्जली दिन चाहन्छु । 
रवीन्द्र अधिकारी आफ्नो कार्यकालमा सफल मन्त्री हुनुहुन्थ्यो । उहाँले छोटो समयमा उल्लेख्य काम गर्नु भएको छ । जनप्रतिनिधिको हैसियतले योग्य, बुबा, छोरा, पति, मित्रका रुपमा, विभिन्न भुमिकामा उहाँ सफल हुनुहुनुहुन्थ्यो । कहीँ खोट थिएन ।
कामप्रति निष्ठाका साथ लगनशील भएर लाग्नु हुन्थ्यो । सरकार संक्रमणकालमा रहेको बेला सरकारलाई लोकप्रिय र निष्ठावान बनाउन उहाँको महत्वपूर्ण योगदान रह्यो । उहाँको एकदम सकारात्मक दृस्टिकोण रह्यो । महत्वपूर्ण योगदान रह्यो । 
 
‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि उहाँ अहोरात्र खटिनु भयो । ताप्लेजुङमा नयाँ एअरपोर्ट बनाउँने योजना बनाएर ताप्लेजुङ जाँदा, नयाँ एअरपोर्ट विकासकै क्रममा उहाँको निधना भयो । 

उहाँ सधै जनताका इक्षा, आकांक्षामा केन्द्रित हुनुहुन्थ्यो । उहाँको मेहेनतबाट हामीले पनि शिक्षा लिनु पर्छ । पार्टीलाई सहि दिशामा लैजान हामीले उहाँबाट प्रेरणा लिनु पर्छ । हेलिकप्टर दुर्घटनामा उहाँ सगै बित्नु भएका सबैलाई पनि श्रद्धाञ्जली । 
दुर्घटनामा परि ज्यान गुमाउनु भएका परिवारको पिडामा म पनि सामेल रहेको जानकारी गराउँन चाहन्छु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप