शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘रुमाल फाटी गो’ भोला र विनिताको रोमान्स

बिहीबार, १५ फागुन २०७६, १६ : ४१
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । पूर्वेली गीत बजारमा सुस्ताएको बेला पत्रकार भोला अधिकारीले आफ्नै शब्द तथा संगीतमा पुर्वेली गीत ‘रुमाल फाटी गो’ ल्याएका छन् । गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको स्वर रहेको गीतको भिडियो पनि पुर्वका रमणिय स्थानमा छायाँकन भएको छ । 

गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत सम्झिने प्रयास गरेको छ । भिडियो पनि सोही अनुसार निर्माण भएको छ ।  भिडियोमा भोला अधिकारी, विनिता राई, बद्रि पौडेल, सर्वज्ञान कोइराला, गुञ्जन माझी, विएन नेपाल अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको भिडियो निर्देशन समेत भोलालेनै गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप