केन्द्रीय संस्करण

‘मौलिक कविता र कलालाई प्रोत्साहन’

person explore access_timeफागुन १५, २०७६ chat_bubble_outline0

 चितवन  । साहित्यको विकास, प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले युथ थिंकर्स सोसाइटीले आगामी फागुन २७ मा ‘चिया, कला र कविता’ श्रृखलाको तेस्रो संस्करण गर्ने भएको छ । 
नारायणगढमा हुने उक्त कार्यक्रममा  मौलिक कविता र कलालाई प्रोत्साहन गरिने आयोजकले जनाएको छ । 

कला र कविता दुबै विधामा उत्कृष्ट प्रस्तोतालाई आकर्षण पुरस्कारको समेत व्यवस्था गरिएको छ  । साहित्य र कला अनुरागीहरुलाई प्राथमिकता दिइने कार्यक्रमको प्रमुख अतिथिमा कवि गोबिन्द बिनोदी रहेका छन् ।

 निर्णायक मण्डलको भूमिकामा कविता तर्फ लेखाराम सापकोटा र सरिता तिवारी छन् भने  कलातर्फ चित्रकार योगेश खनाल र बरुन बाबू घिमिरे रहेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...