विभिन्न नौ मुद्दाका नौ प्रतिवादी फरार
बिहीबार, १५ फागुन २०७६, १४ : १४
लमजुङ । सात महिनामा विभिन्न मुद्दाका नौ प्रतिवादी यहाँबाट फरार भएका छन् । बेँसीशहरमा रहेको जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला गरेका ती प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिए ।
लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरूपमा काठ ओसारपोसारलगायतका मुद्दाका ती पुरुष प्रतिवादी फरार रहेको उनले बताए । त्यस्तै गत आव २०७५÷७६ मा विभिन्न मुद्दाका १२ प्रतिवादी फरार रहेका थिए । फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपोसार, जबर्जस्ती करणीलगायतका मुद्दाका रहेको थिए । उनका अनुसार फरार प्रतिवादी सबै पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह