राष्ट्रपति भण्डारी शुक्रबार कञ्चनपुर जाँदै
बिहीबार, १५ फागुन २०७६, १२ : ५९
राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार कञ्चनपुर जाने भएकी छिन् । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना गरेको सो महोत्सवलाई उनले सम्बोधन समेत गर्नेछिन् ।
नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले राष्ट्रपति महोत्सवमा सहभागी भइ सम्बोधन समेत गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको सो महोत्सव फागुन ९ गतेदेखि जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस