बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डिसी महानगर क्षेत्रका नेपाली समुदायले किने १७ लाख डलरमा सामुदायिक भवन

बिहीबार, १५ फागुन २०७६, १२ : ४३
बिहीबार, १५ फागुन २०७६

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले सामुदायिक भवन किन्न सफल भएका छन् ।  डिसी क्षेत्रका नेपाली समुदायले तयारी अवस्थामा रहेको सामुदायिक भवन खरिद गरेका छन् ।

१.७ मिलियन अर्थात् १७ लाख डलर पर्ने उक्त भवनको सबै रकम चुक्ता गरि नेपाली समुदायको नाममा धनीपूर्जा तथा सम्पूर्ण कागजातहरु हात लागेको छ । ३.१ एकड क्षेत्रफल भएको उक्त निर्मित भवनमा करिव २ सय ५० देखि ३ सय सम्म सवारी साधन राख्ने व्यवस्था छ ।

फेब्रुअरी २६ बुधबारका दिन भर्जिनिया राज्यको मनासस शहरको बल्सफोर्ड सडक स्थित उक्त भवनमा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक )का पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा नामसारी गरिएको छ ।

उक्त नया खरिद गरिएको भवन नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को नाममा नामसारी भएको छ । उक्त नामसारी प्रक्रिया न्याकको तर्फबाट अरुण  रूपाखेती,डा मदन उप्रेती(चिकित्सक) र मधु पन्थीले हस्ताक्षर गरेका थिए ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले गत फेब्रुअरी २५ का दिन १७ लाखमा किनेको उक्त जग्गा सहितको भवनको मूल्य २.५ मिलियन अर्थात् पच्चीस लाख डलर वृद्धि भएको पदाधिकारीले संचारकर्मीलाई बताए ।

उनीहरुले किनेको जग्गाको बिमा गर्ने सम्बन्धमा कुराकानी गर्दा बिमाका अधिकारीले उक्त जग्गा कम्तिमा २ मिलियन ( २० लाख डलर )बजार भाउ रहेको जानकारी गराएका थिए ।

उक्त भवनमा सभा सम्मेलन कक्षमा मात्र ७ सय मानिस अटाउने क्षमता रहेको छ । खरिद गरीएको उक्त भवन ३ तले रहेको छ भने जसमा २२ वटा कोठा माथिल्लो दुई तलमा रहेका छन् । उक्त कोठाहरु बैठक कक्षको रुपमा हाल सम्म प्रयोग भै रहेका छन् । यसै गरि भुई तलामा प्रसस्त कोठाको साथै भान्सा समेत बनिबनाउ रहेको छ । नया खरिद गरिएको भवनमा मर्मतका काम पनि रहेकोले सबै भन्दा पहिला उक्त काम गर्ने लक्ष्य रहेको र तुरुन्तै सुरु गर्ने पदाधिकारीहरुले जानकारी दिएका छन् ।

स्मरण रहोस भर्जिनिया कै मनाससस्थित अमेरिका नेपाल सहयोगी समाजले आफ्नो मन्दिर बनाउन खरिद गरेको जग्गा पनि यसै परियोजनामा गाभ्ने योजना सहित केही दिन अगाडी दुई लाख डलर न्याकलाई हस्तान्तरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप