दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो, सोनिया गान्धीले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा गत आइतबारदेखि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
‘पीटीआई’ समाचार एजेन्सीले स्वास्थ्य विभागका एक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार हिंसाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।
दिल्लीको उत्तरपूर्वी क्षेत्रमा जारी हिंसामा सयौँको संख्यामा घाइते भएको जनाइएको छ ।
हिंसाका क्रममा घाइते भएकाहरुलाई अस्पताल लगिएको थियो । तीमध्ये दिल्लीस्थित गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) प्रशासनले ३० जनाको मृत्यु भएको जानकारी दिएको छ भने नायक जयप्रकाश नारायण अस्पतालमा थप दुई जनाको मृत्यु भएको जनाइएको छ ।
यसैबीच विपक्षी दल काँग्रेस आईकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको अगुवाईमा बिहीबार विजय चोकबाट राष्ट्रपति भवनसम्म ¥याली आयोजना गरिदैँछ । सोनिया गान्धीले दिल्लीमा जारी हिंसाका बारेमा राष्ट्रपति रामनाथ कोविन्दलाई पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाउने जनाइएको छ ।
काँग्रेस आइले बुधबार पनि शान्ति ¥याली आयोजना गरेको थियो । प्रहरीले बीचमै रोकेपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरु जनपथ रोडमै धर्नामा बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न