केन्द्रीय संस्करण

अष्ट्रेलियाले जित्यो सिरिज

person explore access_timeफागुन १५, २०७६ chat_bubble_outline0

दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ । बुधबार राति भएको खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ९७ रनले हरायो । यससँगै सिरिज अष्ट्रेलियाले २–१ ले जित्यो ।

एक सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा सवै विकेटको क्षतिमा ९६ रनमा सकेटिएको थियो । दक्षिण अफ्रिका लागि रस्सी भानडर दुसेनले २४, हेनरिक क्वालासेनले २२ र डेविड मिलरले १५ रन बनाए । अन्य ब्याट्सम्यानदे दोहोरो अंकको रन जोड्न सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्क र एस्टन एगरले तीन तीन विकेट लिए । एडम जम्पाले दुई तथा प्याट कमिन्स र मिचेल मार्शले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि डेविड वार्नरले ५७ रन बनाए । कप्तान एरोन फिन्चले ५५, स्टिभ स्मिथले अविजित ३०, मिचेल मार्शले १९ र म्याथ्यु वेड १० रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिच नोर्टिज, लुन्गी निग्डी ड्वेन प्रिटियोरस र तरवेज शम्सीले एक एक विकेट लिएका थिए । अष्ट्रेलिया पहिलो खेलमा एक सय सात रनले विजयी भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी भएको थियो ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...