शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेटको समस्याका कारण चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु

बिहीबार, १५ फागुन २०७६, ०७ : ४४
बिहीबार, १५ फागुन २०७६

चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सोल्टीको मृत्युपछि मितिनी एक्लिएकी छिन् ।

‘गैडा मृत्यु भएको सामान्य जानकारी मात्र आएको छ,’ विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘यसबारे बुझ्न टोली पठाउने तयारी भएको छ । त्यहाँ पुगेर नबुझी मृत्युबारे थप भन्न सकिँदैन ।’ यद्यपि विभागका एक कर्मचारीका अनुसार सोल्टी गैँडाको पेटको समस्याका कारण मृत्यु भएको हो ।

नेपालले ‘सोल्टी’ र ‘मितिनी’ अघि ‘रुपसी’ र ‘भद्र’ नामक जोडी गैडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो । त्यहाँ पठाइएका अन्य तीन गैँडाको अवस्था भने सामान्य रहेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

नेपाल र चीनबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदानका साथै सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले २६ असार २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई चीनलाई दुई जोडी एकसिंगे गैँडा उपहार दिने निर्णय गरेको थियो ।

आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप