बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्छः पञ्चा सिंह

बुधबार, १४ फागुन २०७६, २२ : १५
बुधबार, १४ फागुन २०७६

गोरखा । अनेरास्ववियूकी नेतृ  पञ्चा सिहले जनयुद्धका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने बताएकी छिन् । 

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २५ औँ स्मृति तथा वलिदान दिवसका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

बुधबार सिंह सहितको अनेरास्ववियूको टोलीले रम्तेलकै घरमा पुगी उनको  परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । 

 उक्त सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले  जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका आन्दोलनका  सहिद, बेपत्ता, घाइते तथा अपांगलगायतको योगदानले मुलुकमा गणतन्त्र ल्याउन सम्भव भएको बताइन् । 
उनले  दिल बहादुर भौतिकरुपमा यो संसारमा नभए पनि उनी इतिहासमा सधै जिबित रहिरहने बताइन् । 
बुधबार नै अनेरास्ववियू र राष्ट्रिय युवा सङघ गोर्खाको आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । 

तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धका क्रममा रम्तेलको ११ वर्षको उमेरमा राज्यपक्षबाट हत्या भएको थियो । 

यसैबीच सत्तारुढ नेकपा निकट अनेरास्ववियूले आज साँझ ५ बजे २५ औं दिलबहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा माइतीघर मण्डललामा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको अनेरास्ववियूका केन्द्रिय लेखा आयोगका सचिब  मदन भुलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप