बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करको सुन झ्वाम पार्ने इन्सपेक्टरसहित १६ प्रहरी निलम्बित (नामावलीसहित)

बुधबार, १४ फागुन २०७६, २१ : ३२
बुधबार, १४ फागुन २०७६

काठमाडौँ । सीमा प्रहरी चौकी टिमुरे रसुवाका प्रहरी निरीक्षक (इन्सपेक्टर) खेम प्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन् । 

गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन बरामद गरी उनीहरुले लुकाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले उनीहरुलाई निलम्बन गरेको हो । 

उनीहरुले सुन तस्करीमा संलग्न चालकलाई सो सुन लिएर छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरेको अख्तियारले जनाएको छ । 

यस सम्बन्धमा उजुरी परेपछि आयोगले उनीहरु पदमा बसिरहे प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गर्न सिफारिस गरेको थियो । 

निलम्बनमा पर्नेहरुको नामावली
1.    प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
2.    प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
3.    प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
4.    प्रहरी हवल्दार रामशरण रिमाल
5.    प्रहरी हवल्दार पुरुषोत्तम खत्री
6.    प्रहरी हवल्दार रामकाजी लामा
7.    प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
8.    प्रहरी जवान शिव नारायण चौधरी  

 9.    प्रहरी जवान युवराज खरेल
10.    प्रहरी जवान भविलाल रुम्बा लामा
11.    प्रहरी जवान रामचन्द्र वि.क.
12.    प्रहरी जवान रिता चौधरी
13.    प्रहरी जवान मनोज आले
14.    प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
15.    प्रहरी जवान तारा बहादुर प्रजा
16.    प्र.का.स. हरी बहादुर श्रेष्ठ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप