शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको गण्डकी प्रदेशस्तरीय बैठक टुङ्गियो, २० प्रस्ताव पास

बुधबार, १४ फागुन २०७६, २१ : १६
बुधबार, १४ फागुन २०७६

पोखरा । नेकपाको गण्डकी प्रदेशस्तरीय बैठक टुङ्गिएको छ । पोखराको सभागृहमा २ दिनसम्म चलेको बैठकले १३ सदस्यीय सचिवालय कमिटी गठन गरिएको छ ।  प्रदेश कमिटीका अध्यक्ष र सचिवसहित ११ जिल्लाका अध्यक्षहरुसहितको १३ सदस्यीय सचिवालय कमिटी गठन गरिएको नेकपा कास्कीका सह—इन्चार्ज श्रीनाथ बरालले जानकारी दिए । 

यस्तै, बैठकमा कार्यालयदेखि अरु कार्यविभाजन पछि गर्ने गरि बैठक टुंगिएको उनले बताए । बैठकमा सदस्यहरुले राखेका २० प्रस्तावलाई छलफल गरेर बैठकले पास गरेको उनले जानकारी दिए ।  हिजोको बैठकमा प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले प्रस्तुत गरेको प्रतिवेदन माथि १२ वटा ग्रुप विभाजन गरेर छलफल पनि चलाइएको थियो । छलफलबाट उठेका प्रश्नमाथि पाण्डेले सवालजवाफ गरेका थिए । 

पार्टीको संगठन विस्तारमा केन्द्रित प्रदेश कमिटी बैठकले केन्द्रिय कमिटीले निर्देशन दिएको ३ महिने अभियान सफल पार्न र संगठन विस्तारमा केन्द्रित रहेको अध्यक्ष पाण्डेले जानकारी दिए । बैठकले गरेको निर्णयअनुसार प्रदेशका ११ जिल्लाका सदरमुकाममा एकैचोटी सरसफाई अभियानको कार्यक्रम लिएर पुग्ने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप