अख्तियारद्वारा रुपन्देहीमा दुई स्ट्रिङ अपेशन: वडा अध्यक्षदेखि उच्च उदालतका कर्मचारीसम्म पक्राउ
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले रुपन्देहीमा आज दुईवटा स्ट्रिङ अप्रेशन गरेको छ । सोही अप्रेशनबाट रुपन्देहीमा अलग–अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसाल रातोपाटीलाई जानकारी दिए । चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।
त्यसैगरी, उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । बन्दीप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा आज दिउँसो यादव पक्राउ परेका हुन् । पक्राउ परेका दुवैजनालाई अहिले बुटवल कार्यालयमा बयान लिने क्रम चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी