बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटर पारस खड्का बने महिन्द्राको ब्राण्ड एम्बेसडर

बुधबार, १४ फागुन २०७६, २० : ५६
बुधबार, १४ फागुन २०७६

काठमाडौं । क्रिकेटर पारस खड्का महिन्द्रा मोटर्सको ब्राण्ड एम्बेसडर बनेका छन् । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्राण्ड एम्बेसडरमा क्रिकेटर खड्कालाई नियुक्त गरेको हो । 
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महिन्द्राले चर्चित क्रिकेटर पारस खड्कालाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ । 

एम्बेसडरमा नियुक्त भएसँगै खड्काले महिन्द्राको ग्लोबल एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयूभी३०० समेत प्राप्त गरेका छन् । 

खड्कालाई ब्राण्ड एम्बेसडर घोषणा गर्दैै अग्नि ग्रुपका कार्यकारी निर्देशक(सिइओ) अर्जुनप्रसाद शर्माले सहकार्यको सुरुवात भन्दै एक्सयूभी३०० को साँचो(चाबी) हस्तान्तरण गरे ।

चाबी ग्रहण गर्दै क्रिकेटर खड्काले पहिले पनि महिन्द्रासँग आफ्नो सुमधुर सम्बन्ध रहेको र अब अझ नजिक हुने अवसर मिलेको बताए । 

आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमिकताको सूचीमा पर्ने गरेको बताउँदै खड्काले अहिले कम्पनीले नै अफर गर्दा सो चाहना पूरा भएको बताए ।

‘मेरो पेशागत कारणले एसयूभी(स्पोर्ट युटिलिटी) गाडी सदैव मेरो प्राथमिकताको सूचीमा पर्दै आएको छ । जहाँसुकै जाँदा पनि यसमा मैले मेरो धेरै लगेज लैजान सक्छु,’ खड्काले भने, ‘त्यसैले म सवारी साधनका रुपमा सुरक्षा, आरामदायी र विश्वसनीयता हेर्ने गर्छु । सुरक्षित र सानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एसयूभी३०० प्राप्त गर्दा अत्यन्तै खुशी छु ।’

खड्का नेपाल क्रिकेट टीमका पूर्व कप्तान समेत हुन् । उनी क्रिकेटमा अलराउण्डर खेलाडी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप