सरस्वती क्लबका कप्तान दीपेशलाई दुई वर्ष प्रतिबन्ध, म्याच फिक्सिङको आरोप
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै रु ५० हजार जरिवाना गरिएको छ ।
एन्फाले आज विज्ञिप्ति जारी गर्दै हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वतीका कप्तान दीपेशले मिलेमतो (म्याच फिक्सिङ) गरेको आरोप लगाएको छ । उनलाई आजको मितिदेखि खेल्न प्रतिबन्ध लगाइएको हो । दीपेशले प्रतियोगिता नियमावली विपरीत काम गरेको भन्दै एन्फाले कारवाही गरेको हो । हिमालयनसितको खेलमा दीपेशले मिलेमतो गरेको आशङ्का गरिँदै आएको थियो । सरस्वतीले उक्त खेलमा हिमालयनलाई ४–३ गोलले पराजित गरेको थियो ।
प्रतियोगिताभर सरस्वतीले जितेको त्यो मात्र एउटा खेल थियो । ‘ए’ डिभिजन लिगमा सरस्वती एउटामा जित, एउटामा बराबरी तथा ११ खेलमा हारका साथ रेलिगेसनमा पर्दै डिभिजन ‘बी’ मा झरेको थियो । दीपेश हाल धगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम टोलीबाट खेलिरहेका छन् । यसैगरी हिमालयनका टोली ब्यवस्थापक विजेन्द्र पुडासैनीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । उनलाई रु ३० हजार जरिवाना गरिएको छ । एन्फाले हिमालयनका गोलकिपर मिनबहादुर बस्नेतलाई सुध्रिने मौकासहित चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?