शैक्षिक हड्ताल नगर्न अपिल
नेपाल बार एशोसिएशनको मानवअधिकार तथा जनसरोकार समितिले राजनैतिक मुद्दाका विषयलाई लिएर कुनै पनि किसिमको शैक्षिक हड्ताल नगर्न अपिल गरेको छ ।
समितिका संयोजक सुनीलकुमार पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र ठानी आगामी दिनमा शैक्षिक क्षेत्रमा कुनै पनि किसिमको बन्द हड्ताल नगर्न अपिल गरिएको छ ।
नेपालको संविधानले बालबालिकाले शिक्षा प्राप्त गर्ने कार्यलाई मौलिक हकको रुपमा व्यवस्था गर्दै नेपाल पक्ष रहेको अन्तरराष्ट्रिय महासन्धिहरुले पनि शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा स्वीकार गरेको हुँदा संवैधानिक व्यवस्थालाई सम्मान गर्न माग गरिएको छ । राजनैतिक दल र तिनका भात्रृ सङ्घ÷सङ्गठनले आफ्ना राजनैतिक मुद्दालाई अगाडि सारेर शैक्षिक संस्थामा पठनपाठन अवरुद्ध लगायतका कार्य नगर्न समितिले सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?