केन्द्रीय संस्करण

योजनाबद्ध विकासका पक्षमा छौँः मुख्यमन्त्री पोखरेल

person explore access_timeफागुन १४, २०७६ chat_bubble_outline0

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देखिन थालेको बताएका छन् । 

पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने गरी बन्न लागेको झरही खोला पुलको आज शिलान्यास गर्दै उनले भने, “छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेका छन्, जनताको सहयोगकै कारण यस्ता उपलब्धिमूलक काम गर्न सम्भव भएको छ, हाम्रा काम देखिन थालेको छ, हामी योजनाबद्ध विकासका पक्षमा छौँ ।”

    मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै यो पुल पनि पूर्वाधार विकासकै चरणअन्तर्गत रहेको बताए । 
उनले रामग्राम स्तूपलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यातायातका पूर्वाधारले जोड्न आवश्यक रहेको सन्दर्भमा यो पुल रामग्रामको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । 
    मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानीको उपलब्धता र दुई वर्षभित्र बिजुली पु¥याउने प्रतिबद्धता दोहो¥याए । 

    भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले आगामी दुई वर्षभित्रै उक्त पुल निर्माण हुने प्रतिबद्धता जनाउँदै पुल निर्माणमा ढिलाइ नगर्न निर्माण कम्पनीलाई निर्देशन दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...