केन्द्रीय संस्करण

इन्डोनेशियाको ‘किड्स प्लानेट इन्टरनेशनल’मा नेपाललाई ३ शीर्ष उपाधि

person explore access_timeफागुन १४, २०७६ chat_bubble_outline0

काठमाडौं । इन्डोनेशियाको बालीमा आयोजित ‘किड्स प्लानेट इन्टरनेशनल २०२०’मा नेपाललाई सफलता हात परेको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी ७ बालबालिका मध्य ६ बालबालिकाले उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगितामा ३ बालबालिकाले शीर्ष र अन्य  ले महात्वपूर्ण बिधा तर्फको उपाधि हासिल गर्न सफल भएका हुन् ।

‘किड्डी फेस अफ दि इयर २०२०’का विजेता बन्दै उक्त प्रतियोगितामा सहभागी चिराग बजगाईले सिनियर केटा तर्फ शीर्ष उपाधि जित्दा प्रतिक भट्टले जुनियर केटा तर्फको उपाधि हात पारेका छन् ।
त्यस्तै सिनियर केटी तर्फको शीर्ष उपाधि भने सान्वी स्वारले जितेकी छिन् । 

इन्डोनेशिया र नेपालका गरेर २४ बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा जयश अग्रवालले लिडरसिप, याकिन अर्याल र कर्मा पेमा डोमा लामाले  बेष्ट ट्यालेन्ट उपाधि हात परे ।

गत १८ देखि २३ फेब्रुअरीसम्म बाली शहरमा आयोजित प्रतियोगितामा मुख्य अतिथि इन्डोनेशियाका सांसद श्रीगुस्ती आर्यवेद कर्ण र निणार्यकहरुमा नेपालका राज फैजु, फ्रान्सबाट लरेन्स ट्राभर्स, इन्डोनेशियाका मीरा सिन्थिया देवी र भारतबाट डा. रमेश शास्त्री रहेका थिए ।

प्रतियोगितामा सहभागी ७ बालबालिका, निर्णायक राज फैजु र उनीहरुसँग सहभागी फेसन डिजाइनर श्रीषा बैदार फैजु समेतको टोली मंगलबार साँझ स्वदेश फर्किएका छन् ।

प्रतियोगितामा बालबालिकाले नेपाली कलासंस्कृतिको प्रदर्शन र प्रचार गर्नुका साथै ‘भिजिट नेपाल २०२०’को समेत प्रचार गरेको  सहभागी निणार्यक राज फैजुले जानकारी दिए ।

बालबालिकालाई प्रतियोगितामा सहभागीताको अवसर रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले दिलाएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...