शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्रीका बाहुली’मा सांसद रंगमती शाहीको ‘बिन्ती’

बुधबार, १४ फागुन २०७६, १३ : ५१
बुधबार, १४ फागुन २०७६

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसकी सांसद रंगमति शाहीले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव, कर्णाली प्रदेशका जनताले भोग्नु परेका समस्याका बारेमा व्यंग्यात्मक टिप्पणी गरेकी छन् ।
बुधबार बसेको बैठकको शुन्य समयमा सांसद शाहीले प्रधानमन्त्री ओलीको जन्मोत्सवमा काटिएको केक र केक बोक्नका लागि हेलिकप्टर ‘चार्टर’ गरेकोमा व्यंग्य गरिन् । ‘मेरो घर परिवारले बर्थडे आएपछि केक काट्नु पर्छ भन्छन्, मैले नाइ भन्छु,’ उनले भनिन्, ‘एक÷दुई हजार त हो भन्छन्, सम्झिन्छु, जनताले सिटामोल खान नपाएर मरिरहेका छन्, बरु म सिटामोल किन्छु ।’

उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यू तपाई‌ंलाई बर्थडेको केक बोक्न हेलिकप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि अप्ठ्यारो लागेन ?’

उनले यही जाडो महिनामा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनु परेको र सुत्केरी हुन नसकेर महिलाहरु छट्पटाई मर्नु परेको जिकिरसमेत गरिन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले सोधिन्, ‘बरु केक चार्टर गर्नुभन्दा औषधी चार्टर गरेर त्यो हेलिकप्टर हुम्ला पठाइदिउँ, जनता बचाउनु पर्छ भनेर अलिकति पनि तपाईलाई माया लागेन ?’

हुम्ली जनता नेपालगञ्जमा हवाई टिकट नपाएर महँगो भाडा तिरेर यात्रा गर्न बाध्य रहेको जनाउँदै उनले नेपाल एयरलाइन्सले तीन महिनादेखि उडान नगरेको गुनासोसमेत गरिन् । उनले व्यंग्यात्मक शैलीमा भनिन्, ‘अब मैले सरकारका बाहुलीमा बिन्ती चढाउनु पर्ने भयो, एनए (नेपाल एयरलाइन्स) को जहाज नेपालगञ्जमा नाइट स्टप राखेर कर्णालीमा दिनको एक फ्लाइट जनताका लागि व्यवस्थापन मिलाइबक्योस् भनि प्रधानमन्त्रीज्यूका बाहुलीमा बिन्ति चढाउँछु । धन्यवाद ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप