बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।
त्यस्तै बैठकमा संविधान संशोधन गर्न गठन गरेको कार्यदलका बारेमा पनि छलफल भएको छ ।
‘कार्यदल अघि नबढाउने भन्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे भने कुनै निर्णय गर्न सकेन ।
यसअघि गौतमले प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन हुने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन कविता : 'झोला','भोला'र 'झोले'
-
सत्तापक्ष र प्रतिपक्ष दलबिच भएकाे छलफल निष्कर्षविहीन
-
विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली
-
पत्रकार हुँ भनी कर्मचारीलाई धम्काएर रकम असुल्ने नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
कृषि क्षेत्रको विकासका लागि एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नुपर्छ : सांसद शाक्य
-
आर्सनलमै रहने भए ब्राजिलियन डिफेन्डर ग्याब्रियल