बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपाको निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।
त्यस्तै बैठकमा संविधान संशोधन गर्न गठन गरेको कार्यदलका बारेमा पनि छलफल भएको छ ।
‘कार्यदल अघि नबढाउने भन्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे भने कुनै निर्णय गर्न सकेन ।
यसअघि गौतमले प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन हुने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण