शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यकः डीआईजी पोखरेल (भिडियो सहित)

बुधबार, १४ फागुन २०७६, १२ : ३४
बुधबार, १४ फागुन २०७६

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले ट्राफिक प्रहरीमाथि लाग्ने गरेको आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक प्रहरी संगठनमाथि लागेको आरोपबाट मुक्ति पाउन आफै परिवर्तन हुनु्पर्ने बताए । 

उनले ट्राफिक प्रहरी संगठन विश्वमै परिचित भएकाले सबै प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैबाट चलाउनुपर्ने बताए । 

उनले ट्राफिक प्रहरीमा अनुशासन पालना गर्ने कुरामा अझबढी परिवर्तनको आवश्यकता रहेको समेत बताए । 

उनले भने, ‘अनुशासन पालना गर्ने कुरामा यसमा अझ बढोत्तरी भएर जाओस, हिजो तपाईंहरु नदेखेजस्तो गर्नुहुन्थ्यो भने अब चाहिँ हामीलाई पनि देखेजस्तो, मेरो हाकिम जस्तो, मेरो गार्जेनजस्तो अनभुति तपाईंहरुलाई होस् ।

परिवर्तन हुने कुरामा प्रहरी कर्मचारीले उदाहरणीय काम गरेर प्रहरी संगठनलाई परिवर्तन गराउन सक्ने र ट्राफिक प्रहरीमाथि लाग्ने आरोबाट बँच्न सकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप