फेवाबजारमा १ रुपैयाँमा इयरफोन, भाग्यशाली बिजेतालाई स्मार्ट फोन
![फेवाबजारमा १ रुपैयाँमा इयरफोन, भाग्यशाली बिजेतालाई स्मार्ट फोन](https://rpcdn.ratopati.com/media/albums/1_TW1GDJSH5L.jpg)
पोखरा– फेवाबजार डटकम इकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन दिने घोषणा गरेको हो ।
फेवाबजारले फागुन ५ गतेदेखि १७ गतेसम्म दिने अफर भित्र यो अफर दिएको फेवाबजार डटकम इमर्सका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । स्टक सिमित रहने भएकाले तत्काल फेवाबजारको एप डाउनलोड गरि अर्डर गर्न आग्रह गरे ।
१ रुपैयाँमा इयर फोन खरिद गर्दा खल्तीबाट पेमेन्ट गर्ने मध्ये गोला प्रथाबाट बिजेता बन्ने भाग्यशाली ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने जनाइएको छ । अफरका लागि १ रुपैयाँमा इयर फोन खरिद गर्नका लागि एप्सबाटै सपिङ र भुक्तानी गर्नुपर्ने उनले बताए
फेवाबजार डटकम इकमर्सले फेवाबजार एक्सक्लुसिभ अफर अन्तर्गत सामान खरिदमा ५० प्रतिशतसम्म छुट दिइरहेको छ । फेवाबजार डटकम इकमर्समा किस्ताबन्दी (इएमआई)मार्फत २० हजार देखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ ।
फेवाबजार र खल्तीबीच सम्झौता
फेवाबजार डटकम इकमर्स र पेमेन्ट सेवा प्रदायक खल्ती बीच सम्झौता भएको छ । सम्झौतामा खल्तीका तर्फबाट खल्ती पेमेन्ट गेटवेका निर्देशक अमित अग्रवाल र फेवाबजारका तर्फबाट कार्यकारी निर्देशक सुजन आचार्यले हस्ताक्षर गरे ।
देशैभर डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्य अनुरुप दुई संस्थाबीच सम्झौता गरिएको फेवाबजार डटकम इकमर्सका कार्यकारी निर्देशक आचार्यले बताए । उनकाअनुसार अब सामान खरिद गर्दा ग्राहकले खल्ती सेवाबाट रकम प्रदान गर्न सक्नेछ ।
यसअघी फेवाबजारले यस्तै सम्झौता इसेवासँग गरेर इसेवाबाट पनि रकम भुक्तानी गर्न सकिने ब्यबस्था गरिसकेको छ । फेवाबजार डटकम इकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशको मुख्यमुख्य सहरहरुमा कार्यालय बिस्तार गरेर देशभर सेवा दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले बाइडेनको नीति त्याग्दा खुसी छ रुस, साउदी अरबमा भएको वार्तामा के भयो ?
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं