शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेवाबजारमा १ रुपैयाँमा इयरफोन, भाग्यशाली बिजेतालाई स्मार्ट फोन

बुधबार, १४ फागुन २०७६, १२ : १४
बुधबार, १४ फागुन २०७६

पोखरा– फेवाबजार डटकम इकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन दिने घोषणा गरेको हो ।

फेवाबजारले फागुन ५ गतेदेखि १७ गतेसम्म दिने अफर भित्र यो अफर दिएको फेवाबजार डटकम इमर्सका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । स्टक सिमित रहने भएकाले तत्काल फेवाबजारको एप डाउनलोड गरि अर्डर गर्न आग्रह गरे । 

१ रुपैयाँमा इयर फोन खरिद गर्दा खल्तीबाट पेमेन्ट गर्ने मध्ये गोला प्रथाबाट बिजेता बन्ने भाग्यशाली ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने जनाइएको छ । अफरका लागि १ रुपैयाँमा इयर फोन खरिद गर्नका लागि एप्सबाटै सपिङ र भुक्तानी गर्नुपर्ने उनले बताए 

फेवाबजार डटकम इकमर्सले फेवाबजार एक्सक्लुसिभ अफर अन्तर्गत सामान खरिदमा ५० प्रतिशतसम्म छुट दिइरहेको छ । फेवाबजार डटकम इकमर्समा किस्ताबन्दी (इएमआई)मार्फत २० हजार देखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ ।

फेवाबजार र खल्तीबीच सम्झौता

फेवाबजार डटकम इकमर्स र पेमेन्ट सेवा प्रदायक खल्ती बीच सम्झौता भएको छ । सम्झौतामा खल्तीका तर्फबाट खल्ती पेमेन्ट गेटवेका निर्देशक अमित अग्रवाल र फेवाबजारका तर्फबाट कार्यकारी निर्देशक सुजन आचार्यले हस्ताक्षर गरे । 

देशैभर डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्य अनुरुप दुई संस्थाबीच सम्झौता गरिएको फेवाबजार डटकम इकमर्सका कार्यकारी निर्देशक आचार्यले बताए । उनकाअनुसार अब सामान खरिद गर्दा ग्राहकले खल्ती सेवाबाट रकम प्रदान गर्न सक्नेछ । 

यसअघी फेवाबजारले यस्तै सम्झौता इसेवासँग गरेर इसेवाबाट पनि रकम भुक्तानी गर्न सकिने ब्यबस्था गरिसकेको छ । फेवाबजार डटकम इकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशको मुख्यमुख्य सहरहरुमा कार्यालय बिस्तार गरेर देशभर सेवा दिइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप