शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

असिना र वर्षाले रौतहटमा १५ करोडको ईटा नष्ट

बुधबार, १४ फागुन २०७६, ११ : ५९
बुधबार, १४ फागुन २०७६

रौतहट । बेमौसमी वर्षा र असिनाले रौतहटमा करिब १५ करोड बराबरको काँचो ईटा नष्ट भएको छ ।
मंगलबार वर्षाले ईटा भट्टाका सुकाएर पोल्न राखेको ठूलो परिमाणको काँचो ईटा गलेर नष्ट भएको हो ।

ईटा उत्पादक ब्यवसायी संघ रौतहटका अध्यक्ष रामविनोद साहले जिल्लामा सञ्चालनमा रहेका १६१ ईटा उद्योगमा बेमौसमी वर्षाले १५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताए ।

अन्य ब्यापार तथा उद्योगमा उत्पादनको बिमा गर्ने ब्यवस्था हुने भएर ब्यवसायीलाई यस्ता नोक्सानले खासै फरक नपर्ने भए पनि काँचो ईटाको बिमा नहुँदा ब्यापारीलाई ठूलो मर्का हुने गरेको उनको भनाइ छ ।

त्यसैगरी बेमौसमी वर्षाले किसानले लगाएको मुसुरो लगायत दलहन बालीमा समेत ठूलो क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप