शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किरातीको नेतृत्वमा देशभक्त जनसांस्कृतिक अभियान टोली चितवनमा

बुधबार, १४ फागुन २०७६, १० : १७
बुधबार, १४ फागुन २०७६

चितवन । गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रको देशभक्त जनसांस्कृतिक अभियान टोली चितवन प्रवेश गरेको छ ।

फागुन १ गते पूर्वको मेचीनगरबाट पैदल हिँडेको टोली ब्यापक जनभेटघाट तथा दर्जनौँ चोकसभा गर्दै चितवन पुगेको हो ।

इण्डोप्यासिफिक सैन्य रणनीतिमा संलग्नता र एमसीसी खारेज गर्न तथा लिम्पियाधुरासहित अतिक्रमित नेपाली भूमि फिर्ताका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने लगायत १५ वटा माग लिएर टोलीले अभियान सञ्चालन गरेको हो ।

अभियनले देशभक्त जनसंस्कृति निर्माणको अपिलसहित नेकपा माओवादी केन्द्रलाई जनतामाझ स्थापित गर्न सशक्त भूमिका खेलिरहेको किरातीले जानकारी दिए ।

टोलीमा अध्यक्ष किरातीसहित केन्द्रीय र प्रदेश तहका नेता सहभागी छन् । उक्त टोली मेचीबाट पैदल मार्च गर्दै महाकाली पुग्ने अभियानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप