शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका कार्कीको मेहेन्दी र संगीत (फोटोफिचर)

बुधबार, १४ फागुन २०७६, ०९ : ४६
बुधबार, १४ फागुन २०७६

बिहिबार विवाहको तयारीमा रहेको जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मंगलबार मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरियो ।

प्रियंका र आयुष्मानको विवाहका लागि काठमाडौंको एक रिसोर्टलाई तीन दिनको लागि बुक गरिएको छ ।

मंगलबार दिउँसो मेहेन्दीको कार्यक्रम आयोजना गरिएको थियो भने बेलुकादेखि सुरु भएको संगीत कार्यक्रम मध्य रातीसम्म चलेको थियो । आयुष्मानले पनि प्रियंकाको नामको मेहेन्दी लगाएका थिए ।

प्रियंकाले मेहेन्दी लगाउनका लागि हरियो पहिरन रोजेकी थिइन् भने बेलुकी संगीत कार्यक्रममा उनले आफ्नो आउटफिट परिवर्तन गरिरहिन् । संगीत कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तानलगायतका थुप्रैले आफ्नो प्रस्तुती दिएका थिए ।

संगीतमा प्रियंकाको सोलो प्रस्तुती थियो भने आयुष्मानसँगको प्रस्तुतीमा यी दुई निकै रामान्टिक भएका थिए ।

कार्यक्रममा आयुष्मान बाजा गाजासहित उपस्थित भएका थिए ।

मेहेन्दीको तस्बिर त प्रियंकाले आफ्नो इन्स्टाग्राममा राखेकी छिन् । तर संगीतको फोटो भने उपलब्ध छैन । पूर्व मिस नेपाल जेनिसा मोक्तानले भने इन्स्टाग्रामको आफ्नो स्टोरीमा संगीत कार्यक्रमका थुप्रै स–साना भिडियो पोष्ट गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप