१० खेलाडीमा सिमित बार्सिलोना नापोलीसँग रोकियो, चेल्सी बायर्नसँग पराजित
स्पेनिस पावर हाउस बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा नापोलीसँग बराबरीमा रोकिएको छ । नापोलीको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा नापोलीले सुरुवाती अग्रता लिएको थियो । ३० औँ मिनेटमा ड्रिज मर्टेन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ड्रिजले करिव २० यार्ड टाढाबाट सोझै गोल गरेका थिए । पहिलो हाफमा पछि परेको बार्सिलोनाले ५७औं मिनेटमा बराबरी गोल फर्कायो ।
फ्रान्सेली स्ट्राईकर एन्टोइन ग्रीजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ग्रीजम्यानले नेल्सन सेमेडोको पासमा गोल गरेका थिए । खेलको अन्तिममा १० खेलाडीमा समेटिएपछि बार्सिलोना बराबरीमै रोकियो । ८९औं मिनेटमा आर्टुरो भिडाल लगातार दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । दोस्रो लेग मार्च १४ मा बार्सिलोनाको मैदानमा हुनेछ ।
यसैगरी अर्को खेलमा इङ्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार खेपेको छ । चेल्सी घरेलु मैदानमै बायर्नसँग ३–० गोलले पराजित भएको हो । बायर्नको जितमा सर्जी जिनाव्रीले ५१औं र ५४औं मिनेटमा दुई गोल गरे । रोबर्ट लेवान्डोस्कीले ७६औं मिनेटमा एक गोल थपेका थिए ।
खेलको सुरुवातदेखिनै बायर्नको दबाब झेलेको चेल्सीले गोल फर्काउन सकेन । अन्तिममा चेल्सी १० खेलाडीमा समेटिएको थियो । ८३औं मिनेटमा मार्काेस अलन्सो रातो कार्ड पाउँदै बाहिरिएका थिए । रोबर्ट लेवान्डोस्कीलाई फल हानेपछि अलन्सोलाई रातो कार्ड दिईएको हो । त्यसपछि चेल्सी थप निरिह बनेको थियो । दोस्रो लेग बायर्नको मैदानमा हुनेछ । अब चेल्सीलाई अगाडी बढ्न कम्तीमा ४–० गोलको जित आवश्यक पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै